शुक्रबार, १६ चैत २०८०

खुल्यो प्रभु बैंकको सेयर कारोबार, नेप्सेमा पिआरभियू कोडमा कारोबार हुने

समयपोष्ट २०७३ माघ २ गते ७:०३

नेपाल स्टक एक्सचेञ्ज नेप्सेले आजबाट प्रभु बैंकको सेयर कारोबार खुला गरेको छ । तीन साता अघि राष्ट्र बैंकले ग्राण्डको कारोबार पनि खुलाइ दिएपछि आइतबारबाट कारोबार सुचारु भएको हो । नेप्सेमा प्रभुको सेयर नियमित कारोबार हुने भएपछि ग्राण्ड बैंकका लगानीकर्ता पनि लाभान्वित हुने भएका छन् । नेप्सेमा ग्राण्ड बैंक र नेपाल डेभलपमेन्ट बैंकलाई गाभेर बनेको प्रभु बैंकको पिआरभियू कोडमा कारोबार हुनेछ । गत असोज १७ र १८ गते राष्ट्र बैकले प्रभु बैंकको मात्र सेयर कारोबार फुकुवा गराउँदा दुई दिन सेयर कारोबार हुँदा प्रभुको सेयर मूल्य १० प्रतिशतले बढेको थियो ।  ग्रान्ड बैंक र प्रभु बैंक आपसमा गाभिएपछि गत माघ २९ गतेदेखि प्रभु बैंक लिमिटेडको नामबाट एकीकृत कारोवार भएको थियो । गाभिएपछि पनि राष्ट्र बैंकले ग्राण्डतिरको रोक्का राखेर प्रभुको मात्र कारोबार गर्न स्वीकृति दिएको थियो । नेप्सेले कारोबार रोक्न निर्देशन दिएपछि प्रभुतिरको पनि बन्द भएको थियो ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री