शुक्रबार, १६ चैत २०८०

तारेभीरलाई पर्यटकीय गन्तव्य बनाउँने उदेश्य सहित गरियो तारेभिर महोत्सव

समयपोष्ट २०७३ माघ २ गते ६:११

तारेभीरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न एकदिने तारेभिर महोत्सव आयोजना गरिएको छ । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको करिब दुई हजार मिटर उचाइमा रहेको तारेभीरमा शनिबार तेस्रो तारेभिर महोत्सव आयोजना गरिएको हो । शनिबार तारेभीर महोत्सवको उद्घाटन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले  पर्यटकीयस्थल बनाउन नगरपालिकाबाट कार्ययोजना बनाई पेस गरिए सरकारले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।   

Advertisement

 कार्यक्रममा सांसद रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिकाका कार्यकारी अधिकृत इन्द्रकुमारी थपलिया, नगरपालिका राजनीतिक संयन्त्रका सदस्य श्रीकृष्ण ज्योति, महोत्सव आयोजक समितिका संयोजक लक्ष्मण गोले तामाङलगायत राजनीतिक दलका स्थानीय नेताले तारेभीरलाई रक गार्डेन भएको पर्यटकीयस्थल बनाउन कार्ययोजना सहित अघि बढ्न सबैको सहयोग आवश्यक रहेकामा जोड दिए। निकुञ्जभित्र उपत्यकाको कङ्क्रिट जङ्गल र आकर्षक हिमाल देखिने सो स्थललाई पर्यटकीय क्षेत्र बनाउने उद्देश्यले पहिलो पटक २०७१ माघ १ गते महोत्सव आयोजना गरिएको थियो । स्थानीयवासीले महोत्सवलाई  गत वर्ष र यस वर्ष पनि निरन्तरता दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री