शुक्रबार, १६ चैत २०८०

आस्वा प्रणालीमा ज्योति विकास बैंक

समयपोष्ट २०७३ पुष २९ गते ४:११

ज्योति विकास बैंकले आस्वा (एप्लिकेशन सपोर्टेड बाइ ब्लक्ड एमाउट) प्रणालीमार्फत आइपओ तथा एफपिआको सुविधा दिने गरी नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिइएको जनाएको छ । 

Advertisement

यो प्रणालीमार्फत बैंकमा गएर सेयर लगानीकर्ताले फारम भरेपछि सेयर माग गरे बराबरको रकम खातामा रोक्का हुने तर, सो अवधिमा पनि डिपोजिट रकमको ब्याज भने आइरहने हुन्छ । 

यो प्रणालीमा बैंकले शेयर लगानीकर्ता रहेका बैंकका निक्षेपकर्ताले भरेको उक्त फारम मर्चेण्ट बैंकलाई पठाउने र खाताबाट शेयर माग गरेको रकम मात्रै रोक्का राखिनेछ र पछि शेयर परेको रकममात्र खाताबाट कटौति भई बाँकी रकम खातामा नै रहिरहने छ । उक्त रकम बाहेक ग्राहकको खाता नियमित सञ्चालन हुने अर्थात बाँकी रकम निकाल्न तथा राख्न सकिन्छ । 

नेपाल धितोपत्र बोर्डले माघ १ देखि लागू गर्न लागेको आस्वा प्रणालीमार्फत शेयरमा लगानी गर्ने ज्योति  विकास बैंकका निक्षेपकर्ताले यस विकास बैंकको खातामा जम्मा रहेको रकमबाट सार्वजनिक निश्काशन गरिएको शेयरमा लगानी गर्न सक्नेछन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री