बिहीबार, १३ वैशाख २०८१

एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित

समयपोष्ट २०७३ पुष २६ गते ७:४६

गत आर्थिक वर्षमा सबैभन्दा बढी विज्ञापन कर बुझाएबापत काठमाडौं महानगरपालिकाले मोबाईल सेवाप्रदायक कम्पनी एनसेललाई सम्मान गरेको छ । 

Advertisement

काठमाडौं महानगरपालिकाको २९ औं महानगर परिषदबाट पारित बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण  कार्यक्रममा एनसेललाई सम्मान प्रदान गरिएको हो ।

सो कार्यक्रममा एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनलाई  कार्यक्रमका प्रमुख अतिथी संघीय मामिलातथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले कदर पत्र हस्तान्तरण गरे ।  

महानगरपालिकाका अनुसार गत आर्थिक वर्ष २०७२/२०७३ मा कार्यलयले ४ करोड १७ लाख विज्ञापन कर संकलन गरेको थियो । कुल संकलित विज्ञापनमा करको १ तिहाई योगदान एनसेलले गरेको थियो । 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री