मंगलबार, ११ वैशाख २०८१

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको लालबन्दी शाखा स्थानान्तरण 

समयपोष्ट २०७३ पुष २४ गते ११:४७

भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले लालबन्दी शाखा कार्यालय स्थानान्तरण गरेको छ । 
ग्राहक वर्गमा सरल, सहज र अधिक पहुचलाई दृष्टिगत गरी बैंकका अध्यक्ष सुशिल राज पराजुलीले आइतवार साविक लालबन्दी शाखालाई सोहि वडाको  करिब ५०० मिटर पश्चिमतर्फ स्थानान्तरण गरेका हुन । पुरानो भवन २०७२ सालको महाभुकम्पका कारण क्षति पनि पुगेको बैकले जनाएको छ । 
उद्घाटन मन्तव्यमा अध्यक्ष पराजुलीले  लालबन्दी बासीसंग बैंकको शुरुवात देखि नै गहिरो पारस्परिक सम्वन्ध रहेको स्मरण गराए । उनले भिबोर सोसाइटी डेभलपमेन्ट बैंक हालसम्म देशका विकास बैंकहरुमा सबैभन्दा बढी चूक्ता पुंजि रु.१८१.५० करोड रहेको अवगत गराए ।

Advertisement

यस बैंकले आफ्ना शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एटिएम, एबिबिएस, मोवाइल बैंकिङ लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण र परिमार्जन गर्दै लगेको छ । बैंकको केन्द्रीय कार्यालय काठमाण्डौंमा रही देशका विभिन्न भागमा रहेका ४२ शाखा सञ्जालहरु र १ एक्सटेन्सन काउण्टरबाट आफ्नो बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

हालसालै भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लि. लाई ‘समिट अफ लिर्डस २०१६ सोक्रेट अवार्ड सेरेमोनी’ अक्सफोर्ड, लण्डनमा सम्पन्न अन्तर्राष्ट्रिय ‘बेष्ट इनटरप्राइजेज अवार्ड’बाट सम्मानित गरिएको थियो ।  साथै यस डेभलपमेन्ट बैंक लि. का प्रमुख कार्यकारी अधिकृत  झलक प्रसाद खनाललाइ म्यानेजर अफ दी इयरसमेत घोषणा गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री