बुधबार, १२ वैशाख २०८१

हिमालयन बैंकको ३१.५७९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

समयपोष्ट २०७३ पुष २४ गते ५:१६

हिमालयन बैंक लिमिटेडको चौबीसौं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई ३० प्रतिशत बोनस शेयर र १.५७८९ प्रतिशत नगद  गरी कुल ३१.५७९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी  ५ अर्व ८४ करोड ८८ लाख ८८ हजार ५०० पुग्नेछ ।
 साथै २३ औं वार्षिक साधारण सभावाट पारित भए अनुरुप हाल जारी भइ बाँडफाँट प्रकृयामा रहेको हकप्रद शेयर जारी गरिसकेपछि तत्काल जारी तथा चुक्ता पूँजी रु. ६ अर्व ४९ करोड १६ लाख २३ हजार ५०० हुने छ । 
सभामा संचालक समितिको तर्फबाट अध्यक्ष मनोजबहादुर श्रेष्ठले आर्थिक वर्ष २०७२,७३ को प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले ग्राहकवर्गले बैंक प्रति गरेको विश्वास तथा व्यवस्थापनको सृजनात्मक क्रियाशीलताबाट बैंकले निरन्तर प्रगति गरिरहेको जानकारी सभालाई दिए ।
अध्यक्ष श्रेष्ठले २४ वर्ष देखि सेवारत हिमालयन बैंक नेपालको वित्तिय क्षेत्रको अग्रणी मध्येको सुरक्षित र भरपर्दो बैंक भएको उल्लेख गरे । उनले स्वस्थ बैंकिङ्ग प्रणालीको विकास गर्दै जनताको विश्वास अनुरुप सुलभ तथा स्तरीय सेवा पुर्याउने लक्ष्यमा बैंक सदा झैं प्रतिबद्ध रहेको बताए । 
अध्यक्ष श्रेष्ठले बैंकले आ.व. २०७२÷७३ अन्त्य सम्म ८७ अर्व ३३ करोड निक्षेप संकलन र ६९ अर्व १० करोड कर्जा प्रवाह गरेको जानकारी गराए ।  जुन अघिल्लो वर्षको तुलनामा क्रमशः १८.७६ र २४.६७ प्रतिशतले बढी हो । बैंकको विभिन्न क्रियाकलापका सम्बन्धमा प्रकाश पार्दै श्रेष्ठले यो वर्ष ५ स्थानमा नयाँ शाखाहरुको स्थापना गर्ने र विभिन्न स्थानमा थप ए.टी.एम. तथा पस टर्मिनलहरु विस्तार गर्ने बताए । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री