सामान्य अंक बढ्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ५.३८ अंक बढेर २७३१.८९ विन्दुमा पुगेको छ । यस दिन सेन्सेटिभ इण्डेक्स भने ०.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ अंक बढेको छ ।

Advertisement

नेप्से बढे पनि कारोबार रकममा भने कमी आएको छ । मंगलबार १४ अर्ब १६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज ३३४ स्टकको १ लाख २१ हजार ९९२ पटकको कारोबारमा ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार रुपैयाँबराबरको २ करोड ३६ लाख १८ हजार कित्ता शेयर कारोबार भएको छ ।

Advertisement

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र आँखु खोला जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा पुगेको हो । त्यस्तै, मिथिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशत बढेको छ भने पिपुल्स पावर र बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । कारोबारमा आएको १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३ को मूल्य भने सर्वाधिक ८.०७ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८३ करोड ५७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । राधी विद्युत कम्पनीको कारोबार रकम ५४ करोड रुपैयाँ नाघेको छ भने एसवाई प्यानल नेपालको करिब ५० करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये आज ८ उपसमूहको परिसूचक बढेको छ भने ५ उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक १.२४ प्रतिशत बढेको छ । बैंकिङ, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक भने सामान्य घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री