शुक्रबार, १६ चैत २०८०

माछापुच्छे  बैकको २०.७५ प्रतिशत वोनस शेयर र १२ प्रतिशत हकप्रद प्रस्ताव पारित

समयपोष्ट २०७३ पुष २४ गते ५:०६

माछापुच्छे बैक लिमिटेडको अठारौं वार्षिक साधारण सभाले शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको २०.७५ प्रतिशत वोनस शेयर (कर प्रयोजनका लागी  १.०९ प्रतिशत नगद लाभांश) तथा तत्पश्चात कायम हुने चुक्ता पूँजीको १२ प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने प्रस्ताव पारित गरेको छ । 

Advertisement

बैंकका संचालक समितिका अध्यक्ष डा. बिरेन्दप्रसाद महतोको सभापतित्वमा शुक्रबार होटल पोखरा ग्राण्ड, पोखरामा सम्पन्न साधारण सभाले बैंकको आर्थिक बर्ष २०७२,७३ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै सर्वसाधारण शेयरधनीहरुकोे तर्फबाट राम मान श्रेष्ठ, ओमेशलाल श्रेष्ठ र विश्व प्रकाश गौतम सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित गरेको छ । 
हाल रु. ३ अर्व ८६ करोड चुक्ता पुँजी रहेको यस बैकको चुक्ता पूँजी हाल जारी हुने प्रक्रियामा रहेको हकप्रद शेयर पश्चात रु. ५ अर्ब ७९ करोड,  १८औं वार्षिक साधारण सभाबाट पारित बोनस शेयर जारी भए पश्चात रु. ६ अर्ब ५९ करोड र सोही वार्षिक साधारण सभाबाट पारित हकप्रद शेयर जारी भए पश्चात रु. ७ अर्ब ३९ करोड कायम हुनेछ ।  
बैंकले आ.व. २०७३। ७४ को पहिलो त्रैमास सम्ममा रु. २४ करोड ६९ लाख खुद मुनाफा आर्जन गरेको छ साथै  २०७३ असोज मसान्त सम्ममा रु ५८ अर्व १३ करोड निक्षेप परिचालन गरी रु. ४९ अर्व ८७ करोड कर्जा प्रवाह गरेको छ ।
पोखराबाट २०५७ सालमा बैंकीङ्ग कारोवार शुरु गरेको यस बैकले कुल शाखा संख्या ५६, एक्स्टेन्सन काउण्टर १ र आफ्नै ७२ वटा एटिएमबाट ४ लाख ५० हजार भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।  


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री