शनिबार, ८ वैशाख २०८१

रहेनन् अभिनेता ओम पुरी

समयपोष्ट २०७३ पुष २२ गते ६:२७

बलिउड अभिनेता ओम पुरीको निधन भएको छ । शुक्रबार बिहान ६६ वर्षको उमेरमा हृदयघातका कारण पुरीको  मृत्यु भएको भारतीय संचार माध्यमले जनाएका छन् । उनको शवलाई अन्धेरीस्थित उनको निवासमा राखिएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि उनका पुराना साथी, बलिउडका सहकर्मीको उपस्थिती रहेको छ । बलिउडका विभिन्न हस्तीले उनलाई ट्वीटरमार्फत अन्तिम श्रद्धाञ्जली दिएका छन् । सन् १९५०  अक्टोबर १८ तारिखमा जन्मिएका उनले सन् १९७६ मा मराठी फिल्मबाट अभिनय सुरु गरेका थिए । उनले हिन्दीका साथै अंग्रेजी, कन्नडर पञ्जाबी भाषाको फिल्ममा पनि अभिनय गरेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री