शुक्रबार, १४ वैशाख २०८१

रातो नम्बरको फन्दामा परेकी गायिका प्राश्ना पाण्डेको खास खुलाशा 

समयपोष्ट २०७३ पुष २१ गते १२:३६

गायिका प्रश्ना पाण्डेले सञ्चार माध्ययममा आफुनो बारेमा आएको कुरा कपोकल्पीत, असत्य र भ्रामक भएको प्रष्ट पारेकि छन् ।
बिहबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर गायिका प्राश्ना पाण्डेले हिजो अस्ति देखि रातो नं.बाट फोन आउँदा खतरा हुने भन्दै आफ्नो फेशबुक वालमा हटस्क्रिन गरेर हालेको फोटोको बिषयलाई लिएर विभिन्न समाचार माध्ययम मार्फत आफ्नो बारेमा आएको समाचार तथ्यपूर्ण नभएको गजल नियतले आएको प्रष्ट पारेकि छिन् । 
उनले भनिन्,‘ मैले जानेर यो बिषयमा हाम फलेकि होईन, न कुनै गलत मनसाय थियो, संजोग बस सामाजिक सञ्जालमा भाईरल बनेको बिषय र मैले आफ्नो वालमा फोटो हाल्नु सँगै भयो ।’
सिआईबिले आफुलाई पक्राउ गरेर, तारेकमा छोडेको छ भन्ने समाचारले आफु र आफ्नो घर परिवार आफन्तजन र शुभचिन्तकहरूमा पर्न गएको नकारात्मक असरले आफुलाई दुखि तुल्याएको बताएकि छिन् ।
उनले भनिन्,‘मलाई एकरात सिविआईले पक्राउ गरेर एकरात हिरासतमा राखेर छोडेको बिषय सरासर गलत हो, यस्ता असत्य समाचारको भ्रममा नपर्न सबैलाई आग्रह गर्दछु, यसमा कुनै सत्यता छैन् ।’  
आफ्नो प्रचार र प्रशंसाको लागि रातो नम्बरबाट फोन आउँदा मरिन्छ भन्ने अर्थ राख्ने स्टाटस हालेको बिषयमा आफु अनविज्ञ रहेको प्रष्ट पारिन । यसमा जोडेर जुन समाचार प्रकाशन र प्रसारण गर्ने समाचार माध्ययमले नसोचि र वास्तविकता नबुझि भ्रम पर्ने जानेगरि बाहिर आएको असत्य खबरले चरित्र हत्या हुने र सम्बन्धित व्यक्तिको परिवारजनमा पर्ने असरलाई ध्यान नदिएकोमा दुखेसो पोखिन् ।
सिविआईका डिआईजि नबराज सिलवाललेनै उनी यस्मा निर्दोश रहेको र गलत समाचार प्रकाशन नगर्न सञ्चारकर्मीहरूलाई आग्रह गरेको बताईन् । आफु कुनै हिरासतमा नबसेको भन्दै आफै अच्चमीत परेको बताईन । 
पाण्डेले बजारमा हल्ला पिटेको बिषयको बारेमा आफुलाई केही जानकारी नभएको भन्दै, अञ्जानमा भएको एउटा पोस्टले यति धेरै असर पर्छ, अफवाह फिजाउँ छ जस्ता कुरामा अनभिज्ञ रहेको पनि बताईन । 
उनले भनिन्, रातो नम्बरबाट फोन आउँदा त्यो किसिमको फोन उठाए पछि मरिन्छ भन्ने हल्ला आफुले सुन्दै आएको र साच्चीकै साथिको मोबाईलमा रातो न.बाट फोन आएको देखेपछि आफु अच्चमीत भएर फेशबुकमा पोष्ट गरेकी थिए, त्यो कुराको बारेमा तथ्य नबुझि गलत समाचार बनाएकोमा खेद प्रकट गर्दछु, यस्ता तथ्यहिन कुरालाई समाचार बनाएर व्यक्तिगत जीवनमा असर पर्ने गरि समाचार लेख्नु उपयूक्त होईन, नगरिदिन पनि आग्रह गर्दछु ।’  
आफ्नो नामसँग जोडिएर आएका विभिन्न समाचारहरू गलत हुन् यस्ता समाचारको भ्रममा नपर्न आग्रह गर्दै, आफु निर्दोश रहेको बताईन ।  
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री