बिहीबार, १३ वैशाख २०८१

बुढीगण्डकी जलविद्युत आयोजना प्रभावितहरुलाई मुआब्जा वितरण गरिदैँ

समयपोष्ट २०७३ पुष २१ गते ७:१४

धादिङस्थित बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिले आयोजना प्रभावितहरुलाई मुआब्जा दिने भएको छ । धादिङका १३ गाविसका प्रभावित वासिन्दालाई आयोजनाले मुआब्जा दिने भएको हो । आयोजनाले वर्गीकरणको आधारमा प्रभावितलार्इ मुआब्जा वितरण गर्नेछ । 

Advertisement

मुआब्जाका लागि घर, खेत, रुख विरुवालगायत ११ वटा वर्गीकरण गरी प्रभावितलार्इ पैसा उपलब्ध गराईने भएको हो । मुआब्जाका लागि बाक्लोवस्ति र मुल मोटरवाटोसँग जोडिएका जग्गाको मूल्यांकन प्रति रोपनी ८ लाख ३५ हजार रुपैयाँ गरिएको छ । घरवस्ति क्षेत्र र सहायक मोटर बाटोमा पर्ने जग्गाधनीले भने प्रति रोपनी ७ लाख ७३ हजार रुपैयाँ पाउने छन् ।

अब्बल खेतको ७ लाख ४२ हजार, दोयम खेतको सात लाख ११ हजार, सीम खेतको ६ लाख ८० हजार र चाहार खेतको ६ लाख ४९ हजार रुपैयाँका दरले मुआब्जा वितरण गरिने छ । त्यस्तै अब्बल बारीको ६ लाख १८ हजार, दोयम बारीको ५ लाख ७८ हजार, सीम बारीको ५ लाख ५६ हजार र चाहार बारीको ५ लाख २५ हजार रुपैयाँ मूल्यांकन गरिएको छ ।  पाँच रोपनीसम्म जग्गा भएकाहरु पुरै विस्थापित भएमा १५ प्रतिशत वढि रकम पाउने छन् भने १० रोपनीसम्म जग्गा हुनेहरु पुरै विस्थापित भएमा थप १० प्रतिशत रकम पाउने छन् । आयोजनाले पहिलो चरणमा सलाङ, मैदी र खरी गाविसका वासिन्दालाई मुआब्जा लिन बोलाईसकेको छ । 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री