शुक्रबार, १६ चैत २०८०

एनसीसी बैंकको एकिकृत कारोबार सुरु भयो

समयपोष्ट २०७३ पुष १७ गते ७:०७

 चारवटा ठूला बिकास बैंकहरुलाई आफुमा गाभेको एनसीसी बैंकले आइतबारबाट एकिकृत कारोबार सुरु गरेको छ । बैंकसंग एपेक्स डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, इन्टरनेशनल डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंक गाभिएका हुन् । कारोबार एनसिसी बैंककै नाममा हुनेछ भने नेपाल राष्ट्र बैंकले जिम्मा लिइरहेको सञ्चालक समिति मर्जर पूरा भएसँगै सोमबारबाट सञ्चालक समितिलाई  जिम्मा लगाएर बाहिरिने बैंकले जनाएको छ । एनसिसीमा गाभिएकामध्ये इन्फ्रास्टक्चरका लगानीकर्ताले ७७, इन्टरनेशनल डेभलपमेन्टका लागनीकर्ताले ७३, एपेक्सका लगानीकर्ताले सयको ४८ र सुप्रिमका लगानीकर्ताले ७७ कित्ताका दरले शेयर पाएका छन् । 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री