सोमबार, ५ जेठ २०८२

१४.१२ प्रतिशतले बढ्यो आईएमई लाईफको खुद नाफा

समयपोष्ट २०८१ माघ १६ गते १५:२१

Advertisement

आईएमई लाईफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २६ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.१२ प्रतिशतले बढेको हो । गतवर्षको यसै अवधिमा २३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १७.२२ प्रतिशत र कुल आम्दानी १८.५४ प्रतिशत बढेको छ । सो अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी २०.३३ प्रतिशतले बढेर दुई अर्ब २५ करोड रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको कुल खर्च १८.९७ प्रतिशतले बढेर दुई अर्ब ८७ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १० रुपैयाँ ७१ पैसा कायम छ । सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४३.५५ गुणा छ ।

५ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विपत्ती कोषमा २१ करोड ७५ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा एक अर्ब ३८ करोड रुपैयाँ र अन्य इक्विटीमा ४८ करोड ७७ लाख रुपैयाँ रहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री