आइतबार, ४ जेठ २०८२

नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन

समयपोष्ट २०८१ माघ १६ गते १०:०६

Advertisement

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेको इन्स्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । हकप्रद शेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले इन्स्योरेन्सको २५ प्रतिशत हकप्रद शेयर समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको शेयर मूल्य प्रति कित्ता ७७१ रुपैयाँ १२ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयर मूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ९३८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री