
नेपाली सेना कमाण्ड एण्ड स्टाफ कलेजको ४१ सदस्यीय टोलीले २०२५ जनवरी १५ देखि २३ सम्म भारत भ्रमण सम्पन्न गरेको छ।
ब्रिगेडियर जनरल मनोज थापाको नेतृत्वमा रहेको टोलीमा ६ जना प्राध्यापक सदस्य र ३४ जना छात्र अधिकृतहरू थिए, जसमा चार जना मित्रराष्ट्रका छात्र अधिकृतहरूको समेत सहभागिता रहेको थियो।

भ्रमणका क्रममा टोलीले भारतका मुम्बई, पुणे, अहमदनगर र नासिकमा रहेका विभिन्न सैन्य प्रतिष्ठानहरूको अवलोकन गरेको छ। साथै, टोलीले थलसेना, जलसेना र वायुसेनाका उच्च अधिकारीहरूसँग अन्तरक्रिया गरी आपसी समझदारी र सैन्य ज्ञान आदान-प्रदानलाई प्रोत्साहन गरेको छ।

यस भ्रमणले नेपाली सेना र भारतीय सेनाबीचको आपसी सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ। साथै, भ्रमणले दुई देशका रक्षा फौजहरूबीचको ऐतिहासिक र मित्रवत् सम्बन्धलाई अझ सुदृढ गर्दै भविष्यमा थप सहकार्यका लागि आधारशीला स्थापित गर्ने अपेक्षा गरिएको छ।











प्रतिक्रिया