पाँचौं टाइगर कप भलिबल च्याम्पियनसिपको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडी १ मा
टाइगर ग्रुपले आयोजना गर्दै आएको पाँचौं टाइगर कप पुरुष तथा महिला भलिबल च्याम्पियनसिप माघ २५ देखि फागुन १ गतेसम्म पोखरा रंगशालामा हुनेछ। प्रतियोगिताको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडी १ टेलिभिजनबाट हुने भएको छ। डिशहोमका ग्राहक तथा डिशहोम गो एप प्रयोगकर्ताहरूले पनि यसलाई प्रत्यक्ष हेर्न सक्नेछन्।
यस संस्करणमा पुरुष र महिला दुवै विधामा एक–एक अन्तर्राष्ट्रिय टोलीले सहभागिता जनाउनेछन्। पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, र महिलातर्फ थाइल्याण्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन्।
प्रत्येक विधामा ६ गरी कुल १२ टोलीले पाँचौं संस्करणमा भाग लिने छन् ।पुरुषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, गण्डकी प्रदेश भलिबल संघ, सुनिल भलिबल क्लब (अमिन, भारत), नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ एपीएफ क्लब, न्यू डायमण्ड स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, आयोजक टाइगर ग्रुप र थाइल्याण्डको ट्राभल इन्क्वायरी युनाइटेड प्यासन भलिबल क्लब रहेका छन् ।
सन् २०२० मा टाईगर ग्रुप स्थापना भएदेखि पोखरा रंगशालामा आयोजना हुँदै आएको प्रतियोगिताका मा यस संस्करणमा विजेताले रु ५ लाख ८५ हजार ५५५, उपविजेताले रु २ लाख ८५ हजार ५५५ र तेस्रो हुने टोलीले रु एक लाख ८५ हजार ५५५ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको एमभीपीलाई २५ हजार ७७७ रुपैयाँ पुरस्कार दिइनेछ । उत्कृष्ट सर्भर, सेटर, लिबेरो, स्पाइकर र प्रशिक्षक लगायत व्यक्तिगत विधामा उत्कृष्ट खेलाडीले जनही १०,५५५ रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
प्रतिक्रिया