
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा हुने भएको छ।
बुधबार बिहान अदालत खुल्नेबित्तिकै रवि लामिछाने रुपन्देही जिल्ला अदालतमा हाजिर भएका थिए। लामिछानेविरुद्ध बुटवलको सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम ठगी र संगठित अपराधको कसुरमा आइतबार मुद्दा दायर गरिएको थियो।
लामिछानेको तर्फबाट बहस गर्नका लागि कानून व्यवसायी नारायणदत्त कंडेल भैरहवा आइपुगेका छन् भने रुपन्देहीमा रहेका कानून व्यवसायी गोविन्दप्रसाद मरासिनी लगायतले बहस गर्ने तयारी रहेको छ। रास्वपा नेता गणेश पौडेलले सरकारी बयान लिने र सरकारी वकिलले बहस गर्ने भएकाले धेरै कानून व्यवसायी नजुटाइएको जानकारी दिएका छन्।









प्रतिक्रिया