आइतबार, ९ कार्तिक २०८२

सानिमा रिलायन्सका कर्मचारी भारतमा अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी

समयपोष्ट २०८१ माघ ७ गते १७:२५

Advertisement

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका विभिन्न तहमा कार्यरत उत्कृष्ट कर्मचारीहरूले भारतको मुम्बईस्थित भारतीय बीमा संस्थान (Insurance Institute of India – III) मा आयोजित अन्तर्राष्ट्रिय प्रशिक्षण कार्यक्रममा सहभागी हुँदैछन्। तीन दिनसम्म चल्ने यो कार्यक्रम माघ ७ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ।

भारतीय बीमा संस्थान भारतको बीमा शिक्षा र तालिममा समर्पित एक प्रमुख राष्ट्रिय संस्था हो। यस संस्थाले व्यावसायिक प्रमाणपत्र प्रदान गर्ने र बीमा क्षेत्रमा आबद्ध व्यक्तिहरूको सीप तथा ज्ञान अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

प्रशिक्षण कार्यक्रम बीमा क्षेत्रमा कार्यरत कर्मचारीहरूको व्यवहारिक ज्ञान र सीप विकासमा केन्द्रित छ। यस कार्यक्रममा बजार प्रवद्र्धन र बिक्री रणनीति, वितरण माध्यम व्यवस्थापन, संचार कौशलता, व्यवहारिक अन्तरक्रिया र परामर्श जस्ता विषयवस्तु समेटिएका छन्।

प्रशिक्षणका लागि छनोट भएका कर्मचारीहरूको सम्मानमा आयोजित बिदाइ समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री शिवनाथ पाण्डेले सबै सहभागीहरूलाई बधाई ज्ञापन गर्दै कार्यक्रमबाट सिकाइएका ज्ञान र सीपलाई व्यक्तिगत तथा कम्पनीको विकासमा उपयोग गर्न आग्रह गर्नुभयो। उहाँले अन्य कर्मचारीहरूसँग सिकाइ बाँड्ने महत्त्व पनि स्पष्ट पार्नुभयो।

Advertisement

प्रशिक्षण कार्यक्रममा कम्पनीका शाखा प्रबन्धक, एरिया म्यानेजर, क्षेत्रीय प्रबन्धक र प्रदेश प्रमुखहरू सहभागी भएका छन्। सानिमा रिलायन्सले यस प्रकारका तालिमहरूबाट कर्मचारीहरूको पेशागत विकास र कम्पनीको समग्र व्यवसायिक उन्नतिमा योगदान पु¥याउने लक्ष्य राखेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री