आइतबार, २ कार्तिक २०८२

आठ करोड लागतमा जिससको भवन निर्माण

समयपोष्ट २०८१ माघ ६ गते १३:१८

Advertisement

झण्डै रु आठ करोड लागतमा जिल्ला समन्वय समिति (जिसस) पश्चिम नवलपरासीको प्रशासनिक भवन निर्माण भएको छ । रामग्राम नगरपालिका–४ स्थित दुई बिघा दस कठ्ठामा भवन निर्माण भएको छ ।

जिससको कामकाज यसअघि भाडाको भवनमा रहेको कार्यालयबाट भएको जिसस प्रमुख भगौतीप्रसाद यादवले बताउनुभयो ।

उहाँले जिससको नवनिर्मित भवन नजिकै रु १६ करोड लागतमा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माणको समेत योजना बनाइएको बताउनुभयो । यद्यपि अहिले स्रोत व्यवस्थापनको काम भइरहेको उहाँको भनाइ छ ।

भगवान बुद्धको अष्टधातु भएको रामग्राम स्तूपदेखि करिब तीन किलोमिटर उत्तरमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको आवश्यकता भएसँगै निर्माणको तयारी सुरु गरिएको उहाँले बताउनुभयो ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री