बिहीबार, १३ कार्तिक २०८२

रवि लामिछानेलाई पुन: प्रहरीको जिम्मा लगाउने आदेश

समयपोष्ट २०८१ पुष २८ गते १६:२२

Advertisement

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउन आदेश भएको छ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई सोमबार पुनः अदालतमा पेश गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो।

आइतबार बिहान अदालत उपस्थित भएका लामिछानेको बयान दिनभर चलेको थियो। बयान सकिएपछि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ बहसका लागि अदालत पुगेका थिए। तर सरकारी पक्षले लामिछानेको बयान अध्ययन गर्न नसकेको भन्दै बहस स्थगित गर्न आग्रह गरेपछि इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको हो।

पोखराको अदालतबाट धरौटीमा रिहा भएका लामिछाने अब काठमाडौं जिल्ला अदालतको आदेशअनुसार न्यायिक हिरासतमा रहने भएका छन्।

Advertisement

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेसहित अन्य अभियुक्तमाथि ठगी, अपचलन र सहकारी कानुन उल्लंघनको आरोप लागेको छ। अदालतले घटनाबारे थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन प्रहरीलाई जिम्मा दिएको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री