बिहीबार, १३ कार्तिक २०८२

पछिल्लो ५ वर्षमा कृषकलाई १ खर्ब ७ अर्ब अनुदान वितरण

समयपोष्ट २०८१ पुष २८ गते १५:४०


कृषि तथा पशुपन्छी मन्त्रालयले विगत पाँच वर्षमा कृषकहरूलाई उपलब्ध गराएको अनुदानको विस्तृत विवरण सार्वजनिक गरेको छ। मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म कृषकहरूलाई प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ अनुदान प्रवाह गरिएको छ।

Advertisement

यो अनुदानबाट करिब १ करोड ९६ लाख कृषक लाभान्वित भएका छन्।

प्रत्यक्षतर्फ २० अर्ब ३० करोड अनुदान
मन्त्रालयका अनुसार प्रत्यक्ष अनुदानतर्फ २० अर्ब ३० करोड ३० लाख १४ हजार रुपैयाँ प्रवाह भएको छ। यसमा स्वदेशी तथा विकास साझेदारको सहकार्यमा सञ्चालित परियोजना, उखु कृषक प्रोत्साहन अनुदान, कृषि बीमा, र पशुपन्छी तथा मत्स्य बीमाको प्रिमियममार्फत कृषि सहकारी, समूह तथा फर्महरूलाई वितरण गरिएको रकम समेटिएको छ।

प्रमुख परियोजनाहरू :
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना
१ लाख ४१ हजार ६७० सहकारी, समूह र फर्ममार्फत ६ अर्ब ६१ करोड ९५ लाख रुपैयाँ वितरण।

रानी जमरा गुलरिया सिँचाइ आयोजना
२१ हजार ४५० सहकारी, समूह र फर्ममार्फत १८ करोड ४८ लाख ६१ हजार रुपैयाँ।

Advertisement

नेपाल लाइभस्टक इनोभेसन आयोजना
११ हजार १५० सहकारी, समूह र फर्ममार्फत १ अर्ब ९२ करोड ७५ लाख रुपैयाँ।

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना
४६ हजार २६ सहकारी, समूह र फर्ममार्फत १ अर्ब ५ करोड ३७ लाख रुपैयाँ।

रिड परियोजना
चालु आर्थिक वर्षसम्म ३६६ कृषकलाई १ करोड ६४ लाख रुपैयाँ।

उखु कृषक प्रोत्साहन अनुदान
कुल ४ अर्ब ७ करोड २४ लाख रुपैयाँ।

कृषि बीमा प्रिमियम अनुदान
५० करोड ४८ लाख रुपैयाँ।

पशुपन्छी तथा मत्स्य बीमा प्रिमियम अनुदान
५ अर्ब १३ करोड ८० लाख रुपैयाँ।

अप्रत्यक्ष अनुदानमा रासायनिक मल अनुदानमार्फत ८७ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ वितरण भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री