शुक्रबार, १४ कार्तिक २०८२

न्यायाधीश अधिकारीको इजलासमा रवि लामिछानेको मुद्दा

समयपोष्ट २०८१ पुष २८ गते १२:२९

Advertisement

पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको ठगी मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता भएको छ। स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएपछि लामिछाने आइतबार बिहान अदालतमा उपस्थित भएका हुन्।

न्यायाधीश माधव अधिकारीको इजलासमा बयानका लागि लामिछाने बिहान साढे ९ बजे अदालत पुगेका थिए। बयानपछि थुनछेक बहस सुरू हुने जानकारी प्राप्त भएको छ।

यसअघि, कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको मुद्दामा लामिछानेलाई ६५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको थियो। सो आदेशपछि उनी स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा बयान दिन काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन्।

स्वर्णलक्ष्मी सहकारीमा १ अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ अपचलन भएको आरोप लगाइएको छ। सरकारी वकिलको कार्यालय, काठमाडौंले यो प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ।

Advertisement

रवि लामिछाने र जिबी राईमाथि सहकारीबाट ५ करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ अपचलन गरेको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री