शनिबार, १ कार्तिक २०८२

साढे २२ करोड रुपैयाँको आइपिओ जारी गर्दै नेपाल माइक्रो इन्स्योरेन्स

समयपोष्ट २०८१ पुष २८ गते १०:४१

Advertisement

नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले माघ ८ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी यो आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ।

यसमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता शेयर छुट्याइएको छ। कम्पनीले आफ्ना कर्मचारीका लागि ३ प्रतिशत (६७ हजार ५०० कित्ता) र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत (१ लाख १२ हजार ५०० कित्ता) शेयर छुट्याएको छ। बाँकी १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदनका लागि मेरो शेयर प्रणालीमार्फत सि–आस्बा सेवा प्रयोग गर्न सकिनेछ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

Advertisement

कम्पनीको क्रेडिट रेटिङ्ग केयर रेटिङ्ग नेपालले गरेको छ। यसले कम्पनीलाई केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ, जसले दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री