सोमबार, ३ कार्तिक २०८२

मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चित गर्न सरकारलाई निर्देशन

समयपोष्ट २०८१ पुष २४ गते १५:११

Advertisement

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मूलपानी क्रिकेट रंगशाला निर्माणका लागि स्रोत सुनिश्चितता गर्न सरकारलाई निर्देशन दिएको छ।

बुधवार बसेको समितिको बैठकले युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र मन्त्रालयका सचिवसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो। समितिले मुलुकमा खेलकुद पूर्वाधारको विकासलाई प्राथमिकतामा राख्दै मूलपानी क्रिकेट रंगशालाको निर्माण कार्यलाई तीव्रता दिन आवश्यक स्रोत सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ।

सरकारले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा दुई वर्षभित्र अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सकिने गरी मूलपानी र कीर्तिपुर रंगशालाको स्तरोन्नतिको योजना समावेश गरेको छ।

समितिले समयमै स्रोत उपलब्ध गराएर रंगशालाको निर्माण पूरा गर्न सरकारलाई सक्रियता देखाउन आग्रह गर्दै अन्तर्राष्ट्रिय खेलकुद आयोजनाका लागि पूर्वाधार निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री