शनिबार, २२ वैशाख २०८१

रिलायवल नेपाल लाइफ सुर्खेत शाखाद्धारा १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

समयपोष्ट २०८० माघ १५ गते १७:४१

Advertisement

रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ ।

कम्पनीले सल्यान जिल्ला कालिमाटी गाउँपालिका वडा नंं ५ निवासी स्व राम ब. घर्तिको परिवारलाई दाबी रकम हस्तान्तरण गरेको हो ।

बीमा रकम रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख राम चन्द्र भण्डारी, जनप्रतिनिधी निम वहादुर वुढामगरको रोवरमा निज बीमित राम ब. घर्तिको श्रीमती काशीमाया घर्तिलाई हस्तान्तरण गरेको हो ।

स्व राम ब. घर्तिको मलेसियामा मंसिर २२ गते कालगतीले मृत्यु भएको थियो । उनको श्रीमती काशीमाया घर्तिलाई बीमा वापत १४ लाख रुपैयाँ माघ १५ गते घरमा नै गई दिएको कम्पनीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री