आइसीसी यू–१९ विश्वकप क्रिकेट : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा

आइसीसी यू–१९ विश्वकप क्रिकेटमा अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा पुगेको छ ।

Advertisement

शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई एक विकेटले हराउँदै नेपाल प्रतियोगिताको दोस्रो चरण पुगेको हो ।

एक सय ४६ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि कप्तान देव खनालले महत्वपूर्ण अर्धसतक बनाए । ८९ बल सामना गरेको खनालले सात चौकासहित ५८ रन बनाए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री