शनिबार, ५ जेठ २०८१

नेपाल पेमेन्ट सोल्युशनको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

समयपोष्ट २०८० माघ ११ गते १८:०७

Advertisement

नेपाल पेमेन्ट सोल्युशन लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल) नियुक्त भएको छ ।

सो सम्बन्धि सम्झौतामा नेपाल पेमेन्ट सोल्युशन लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोक राज शर्मा तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।

नेपाल पेमेन्ट सोल्युशनले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ३,०५,६०० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्दैछ ।

नेपाल पेमेन्ट सोल्युशननेपाल राष्ट्र बैंक को भुक्तानी प्रणाली विभागद्वारा डोमेस्टीक क्लियरिङ र सेटलमेन्टको लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री