आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
समयपोष्ट
२०८० माघ ११ गते ७:२९
आज हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ।
इन्स्योरेन्सले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ माघ १४ गते बुकक्लोज गर्दैछ।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
इन्स्योरेन्सले माघ २५ गते, बिहीबार, बानेश्वर ब्याङ्कवेट, थापागाउँ, काठमाडौँमा तीसौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।
प्रतिक्रिया