पुवा खोला–वान हाइड्रोपावरको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
समयपोष्ट
२०८० माघ १० गते १९:१५
पुवा खोला–वान हाइड्रोपावर लिमिटेडको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड नियुक्त भएका छ ।
बुधबार उक्त सम्झौतामा पुवा खोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कदम के.सी तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गर्नुभयो ।
पुवा खोला–वान हाइड्रोपावको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलबिधूत आयोजना छ । उक्त आयोजनाले प्रति शेयर १०० रूपैयाँ अंकित दरको १९,४६,६६० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्दैछ ।
प्रतिक्रिया