बिहीबार, ६ कार्तिक २०८२

सेयर बजारमा गिरावट

समयपोष्ट २०८० माघ ९ गते १६:४२


नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ४० अङ्कले घटेर दुई हजार ९८ दशमलव २९ को बिन्दुमा कायम भएको हो । यो सातामा कारोबारको तगातार तेस्रो दिन नेप्से घटेको हो ।

Advertisement

आज तीन सय १० कम्पनीको एक करोड १८ लाख एक हजार तीन सय ६० कित्ता शेयर एक लाख १७ हजार पाँच सय ७७ पटक खरिदबिक्री हुँदा रु चार अर्ब २९ करोड ४५ लाख ६६ हजार सात सय ५१ बराबरको कारोबार भएको छ ।

विकास बैंक समूहको उपसूचक शून्य दशमलव ०७, वित्त समूह शून्य दशमलव २८, होटल तथा पर्यटन समूह चार दशमलव ७४, लगानी समूह शून्य दशमलव ३६, निर्जीवन बीमा समूह शून्य दशमलव ७३ र अन्य समूह शून्य दशमलव ५६ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ समूह शून्य दशमलव ४२, जलविद्युत् शून्य दशमलव ५८, जीवन बीमा समूह शून्य दशमलव ६६, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव २३, लघुवित्त समूह शून्य दशमलव १३, म्युचुअल फन्ड शून्य दशमलव २१ र व्यापार समूह शून्य दशमलव ८६ प्रतिशतले घटेको छ ।

चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने मिड सोलु हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा छ दशमलव २० प्रतिशतको गिरावट देखिएको छ ।

Advertisement

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको लिमिटेडको रु ५५ करोड नौ लाख ८० हजार सात सय ८५ बराबरको आठ लाख ४१ हजार २२ कित्ता शेयर किनबेच भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री