शनिबार, ३ साउन २०८२

आइएमई पे एपमा रु. १ को खेल, उपहारमा अल्टिमा लाईफ स्टाईलका प्रडक्टहरु

समयपोष्ट २०८० माघ ७ गते १२:०८

नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे “ले यहि माघ महिना देखि आफ्नो एपमा “अहिले नखेले कहिले” नामक रु. १ को खेल सार्वजनिक गरेको छ ।

यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ रु. १ खेल सुरु गरेको हो । कम्पनीका अनुसार खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखिएको छ । आइएमई पे एपका प्रयोगकर्ताहरूले रु.१ मा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सकिने कम्पनीले जनाएको छ ।

यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट-अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पेल मार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ । साथै प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ २०८० देखि माघ ८,२०८० सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५% अतिरिक्त छुट (रु। १५० सम्म) पनि प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री