युनाइटेड अजोड इन्स्योरेन्सले घोषणा गर्यो लाभांश
समयपोष्ट
२०८० माघ ५ गते १२:०५
युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/ ८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १०.२६१२ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश गरि कुल १०.८०१३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
प्रतिक्रिया