बिहीबार, ६ कार्तिक २०८२

शेयर बजारमा दोहोरो अंकको गिरावट, पौने १० अर्बको कारोबार

समयपोष्ट २०८० माघ ३ गते १५:२९

Advertisement

नेप्से परिसूचक १२.१० अंकले घटेर २१६३.०६ को बिन्दुमा झरेको छ ।

बुधबार ३ सय कम्पनीका ३ करोड ३५ लाख २५ हजार ७ सय २ कित्ता शेयर ९ अर्ब ७६ करोड रुपैयाँमा किनबेच भएको छ ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ६५ करोड ८४ लाखको कारोबार भएको छ । त्यस्तै ङादी ग्रुप पावरको ३३ करोड १६ लाख, सोनापुर सिमेन्टको २९ करोड ८२ लाख, मुक्तिनाथ कृषि कम्पनीको २४ करोड ५० लाख तथा निफ्राको २३ करोड ८९ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये ग्लोबल आईएमई लघुवित्त र नेपाल वेयरहाउजिङ कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेको छ । त्यस्तै हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य ९.९९ प्रतिशत बढेको छ ।

Advertisement

आज इस्टर्न हाइड्रो र भूगोल इनर्जी डेभलपमेन्टको शेयर मूल्य १० प्रतिशत घटेको छ । त्यस्तै मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य ९.९५ प्रतिशत र दोलती पावर कम्पनीको शेयर मूल्य ८.६५ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये बैंकिंग, विकास बैंक, लघुवित्त र अन्य बाहेकका सम्पूर्ण समुहगत सूचक घटेका छन् । आज फाइनान्स समुह सर्वाधिक ३.५१ प्रतिशत र हाइड्रो समुह २.८० प्रतिशत घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री