बिहीबार, ६ कार्तिक २०८२

कुमारी बैंकको आठ हजार सात सय कित्ता संस्थापक सेयर बिक्रीमा

समयपोष्ट २०८० माघ ३ गते १२:०३

Advertisement

कुमारी बैंकले ८ हजार ७ सय ८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

बैंकले सेयरधनी सुगन्ध श्रेष्ठको नाममा रहेको सेयर बिक्रीमा राखेको हो ।

बैंकले बुधबार सार्वजनिक सूचना जारी गर्दै बैंककै संस्थापक सेयरधनीबाट आवेदन माग गरेको हो । ३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नआए बैंकले सर्वसाधरणमा सूचना जारी गर्नेछ ।

संस्थापक सेयरधनीले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यलय अथवा धितोपत्र विक्री प्रबन्धक कुमारी क्यापिटलमा आवदेन दिनुपर्नेछ । बैंकले मुल्य भने खुलाएको छैन ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री