यी हुन् राष्ट्रियसभामा कांग्रेसका १० उम्मेदवार

नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवारको नाम टुंगो लगाएको छ ।

Advertisement

केन्द्रीय कार्यसम्पादन समितिको बैठक र संसदीय बोर्डको बैठकले गठबन्धनबाट आफ्नो भागमा परेको १० उम्मेदवार छनोट गरेको हो ।

कांग्रेसले  कोशीमा पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, मधेश प्रदेशमा आनन्द प्रसाद ढुंगाना,वाग्मतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेत,गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियार,लुम्बिनीमा विष्णु देवी सापकोटाको नाम काङ्ग्रेसले टुङ्गो लगाएको छ ।

त्यस्तै कर्णालीमा कृष्ण रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराको नाम टुङ्गो लागेको छ ।

कांग्रेसले सत्तारुढ गठबन्धनमा भएको सहमतिअनुसार माघ ११ गते हुने कूल १९ पदमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा १० पदमा उम्मेदवार दिएको हो । कांग्रेसले सत्तारुढ गठबन्धनको ऐक्यबद्ध ढङ्गले अघि बढ्ने सहमतिबमोजिमका उम्मेदवारलाई विजयी गराउन सबैमा आह्वान गरेको छ । निर्वाचन आयोग नेपालले राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने समय निर्धारण गरेको छ ।

Advertisement

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री