शनिबार, २२ वैशाख २०८१

नाडाको वरिष्ठ उपाध्यक्षमा गोल्छा, महासचिवमा उप्रेती चयन

समयपोष्ट २०८० पुष २२ गते १७:४९

Advertisement

नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालको वरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा निर्विरोध चयन भएका छन् ।

एशोसिएसनको आइतबार बसेको कार्यसमिति बैठकले गोल्छालाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो।

शुक्रबारको साधारणसभाबाट एशोसिएसनको अध्यक्षमा करण चौधरी चयन भइसकेका छन्। एशोसिएसनमा अध्यक्षवाहेक अरु सदस्य चयन हुने र कार्यसमितिबीचको मतदानबाट पदाधिकारी चयन हुने प्रावधान छ। एशोसिएसनको उपाध्यक्षमा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र लक्ष्मी समूहका कार्यकारी निर्देशक निराकार श्रेष्य चयन भएका छन्।

यस्तै एशोसिएट उपाध्यक्षमा जानकी अटोमोबाइल्स एशोसिएसन अफ नेपालबाट तेजनारायण साह र सुदुर पश्चिम अटोमोबाइल्स डिलर्स एशोसिएसनको तर्फबाट पुष्करराज ओझा चयन भए।

Advertisement

एशोसिएसनको महासचिवमा एसटीसी इन्ड्रष्ट्रिजका सुरेन्द्रकुमार उप्रेती चयन भएका छन्। सचिवमा भने चुनाव भएको थियो। गणपति टायर इन्टरनेशनलका विक्रम सिंघानिया र साइमेक्स इंककी यमुना श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो। सिंघानिया एकमत बढी ल्याएर सचिवमा निर्वाचित भए।

यसैगरी रिसिक अटोमोबाइल्सका मिलनबाबु मल्ल कोषाध्याक्षमा फेरि दोहोरिएका छन्। एशोसिएसन सहकोषाध्यक्षमा सिग्मा अटोका पंकज अग्रवाल चयन भएका छन्।

एशोसिएसनको सदस्यमा दीपेन्द्रकुमार मिश्रा, जोशी सप्लार्यसका कपिल शिवाकोटी, नवराज भुसाल, भावना विजनेश लिङ्कका सुनिल रिजाल, हिट्को प्रालिका प्रदीपमान प्रधान, रिशव इन्टरनेशनलका सन्जयकुमार खेतान, हिमालय मोट्रोक्सका सौरभ थापा, श्रीदुष इन्टरनेशनलका ऋद्धि कार्की, वुद्ध इन्टरप्राइजेजका प्रकाश कपुरी सदस्यमा चयन भएका छन्।

यसैगरी संस्थागतबाट मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएसनको संजयकुमार श्रेष्ठ, चितवन अटोमोबाइल्स एशोसिएसनबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एशोसिएसनबाट कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी अटोमोबाइल्स एशोसिएसन अफ नेपालबाट गणेशप्रसाद भट्टराई, कर्णाली पश्चिम अटोमोबाइल्स डिलर्स एशोसिएसनबाट भद्र भण्डरी सदस्यमा चयन भएका छन्। कार्यसमितिले मेघराज पौडेल, निलमणि पाठक र सोहन श्रेष्ठ मनोनित गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री