शनिबार, २२ वैशाख २०८१

करण चौधरी निर्विरोध निर्वाचित, नाडाको हालसम्मकै कम उमेरका अध्यक्ष

समयपोष्ट २०८० पुष २० गते २०:३२

Advertisement

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्षमा करण चौधरी निर्विरोध निर्वाचित भएका छन् । यससंगै चौधरी नाडाको हालसम्मकै सबैभन्दा कम उमेरका युवा अध्यक्ष बनेका छन् ।

चौधरीलाई अध्यक्ष पदका आकांक्षी आकाश गोल्छा, प्रकाश कपुरी र नवराज डल्लाकोटीको समर्थन थियो।

चौधरी अटोमोबाइल्स क्षेत्रमा परिचित चौधरी सि.जी होल्डिंग्सका कार्यकारी निर्देशक हुन्। सि.जी होल्डिंग्स अन्तर्गत सुजुकी चार पांग्रे सवारी चौधरी स्वयम्ले नेतृत्व गरेका कम्पनी हो । चौधरी गल्फ लुब्रिकेण्टका वितरक तथा उत्पादक कम्पनी नेपाल ल्युब आयलका कार्यकारी निर्देशक समेत हुन्।

निर्वाचित भएसंगै चौधरीले भने,“ सम्पूर्ण अटो सेक्टर अहिले निराशाजनक अवस्थामा छ, हामी सबै मिलेर कसरी यसलाई माथि ल्याउने? त्यो पहिलो प्राथमिकता हुनेछ। नेपालभर रहेका सम्पूर्ण कर्मठ,अटो र अटोसम्बन्धि व्यवसाहीको आवाजलाई अझै सशक्त बनाउदै सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने छौ। सानो भन्दा सानो बिषयलाई ठुलो रुपमा अगाडी बढाउने छु। ”

Advertisement

कार्यसमितिका लागि आवश्यक संख्या मात्रै उम्मेद्वारी दर्ता भएकाले सबै सदस्य पनि निर्विरोध भएका थिए । नाडाको विधान अनुसार सदस्यबाटै पदाधिकारी चयन हुनेछन्।

सदस्यमा राजनबाबु क्षेष्ठ, सुरेन्द्रकुमार उप्रेती, मिलनबाबु मल्ल, दीपेन्द्र कुमार मिश्रा, पंकज अग्रवाल, कपिल शिवाकोटी, विक्रम सिंघानिया, नवराज भुसाल, आकाश गोल्छा, निराकार श्रेष्ठ, सुनिल रिजाल, प्रदीपमान प्रधान, सञ्जयकुमार खेतान, सौरभ थापा, ऋद्धि कार्की, यमुना श्रेष्ठ, प्रकाश कपुरी निर्विरोध बनेका थिए भने संस्थागत तर्फबाट मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनका संजयकुमार श्रेष्ठ, जानकी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट तेजनारायण साह, चितवन अटोमोबाइल्स एसोसिएसनको तर्फबाट कुलबहादुर क्षेत्री, पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसिएसन तर्फबाट कृष्णप्रसाद श्रेष्ठ, लुम्बिनी अटोमोबाइल्स एसोसिएसन अफ नेपालको तर्फबाट गणेश प्रसाद भट्टराई, कर्णाली पश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएसनको तर्फबाट भद्र भण्डारी र सुदूरपश्चिम अटोमोबाइल्स डिलर्स एसोसिएउसनको तर्फबाट पुष्कर राज ओझा निर्विरोध बनेका थिए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री