बिहीबार, ६ कार्तिक २०८२

युनाइटेड मेवा खोला हाइड्रोरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

समयपोष्ट २०८० पुष १६ गते १९:३७

Advertisement

युनाइटेड मेवा खोला हाइड्रोपावरले सर्वसाधारणमा आईपीओ बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले यसका लागि बिक्री प्रबन्धक तथा सेयर निष्कासकमा सटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

सम्झौतामा हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना ‘मेवा खोला जलविद्युत आयोजना’ ताप्लेजुङ जिल्लामा अवस्थित रहेको छ र सो आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री