बिहीबार, १३ वैशाख २०८१

नेपाल एसबिआई मर्चेण्ट लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको हकप्रद शेयर बिक्री प्रबन्धकमा नियुक्त

समयपोष्ट २०७९ माघ १६ गते १३:०८

Advertisement

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको छ ।

काठमाण्डौमा आज आयोजित कार्यक्रमकाबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देव राज अधिकारी र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मी प्रसाद दासले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १ः०.८८४५१६८ को अनुपातमा शेयरधनीलाई प्रति शेयर रु. १००।– दरको २,३४,६८,००० कित्ता शेयरको हुने रु. २,३४,६८,००,०००।– (अक्षरेपी दुई अरब चौतिस करोड अठसट्ठी लाख मात्र) बराबरको हकप्रद शेयर निष्काशन गर्दैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री