सोमबार, १७ वैशाख २०८१

सुपर माई हाइड्रोपावरको आइपिओ बाँडफाँट

समयपोष्ट २०७९ माघ ११ गते १३:४४

Advertisement

सुपर माई हाइड्रोपावर लिमिटेडको आइपिओ बाँडफाँट भएको छ ।

कम्पनीले आयोजना प्रभावित स्थानीय र विदेशमा रहेका नेपाली श्रमिकलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ ।

कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयलाई ५ लाख कित्ता शेयर र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई ५० हजार कित्ता आईपिओ निष्काशन गरेको थियो ।

क्यापिटलले आईपिओममा नपरेको पैसा लगानीकर्ताले आवेदन दिंदा उल्लेख गरेको बैंक खातामा फिर्ता गरिने जनाएको छ । बैंक मर्ज भएर खाता नम्बर परिवार्तान्भाएको भए त्यसको जानकारी दिन समेत क्यापिटलले जनाएको छ ।

स्थानीय र विदेशमा कार्यरत नेपाली श्रमिकलाई निष्काशन गरिएको आईपिओ बाँडफाँड भएसँगै अब कम्पनीले सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने छ । कम्पनीले इलाममा ७.८ मेगावाटको सुपर माई जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री