सोमबार, १७ वैशाख २०८१

यूनाइटेड इन्स्योरेन्सको २९ औं साधारण सभा सम्पन्न

समयपोष्ट २०७९ पुष २७ गते १७:०८

Advertisement

यूनाइटेड इन्स्योरेन्स कं.(नेपाल) लि. को २९ औं वार्षिक साधारण सभा आज काठमाण्डौंमा सम्पन्न भएको छ ।

सभामा संचालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २०७९ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रभाह विवरण तथा सोसँग सम्बन्धित अनुसूचीहरु पारित भएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७९/८० का लागि बाह्य लेखापरीक्षक एम. जि. एस एण्ड एशोसिएट्स चार्टर्ड एकाउन्टेन्टसलाई नियुक्त गरेको छ ।

साधारणसभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम रु ५,१४,०८,००० बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश ०.२६३२ प्रतिशतले हुन आउने रकम रु २७,०५,६८,४२१ वितरण गर्ने तथा सोहि बमोजिम प्रबन्धपत्र नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय समेत गरेको छ ।

कम्पनीको संस्थापक शेयर तथा सर्वसाधारण शेयरको अुनपात बमोजिम संचालक समितिको गठन गर्ने तथा सोहि बमोजिम कम्पनीको प्रबन्धपत्र, नियमावलीमा आवश्यक संशोधन गर्ने निर्णय सर्वसहमतिले पारित भएको छ ।

कम्पनीेको गत आ.व. २०७७/७८ को तुलनामा यस आ.व. २०७८/७९ मा बीमाशुल्क आर्जन ४२ प्रतिशतले वृद्धि भई रु. १ अर्ब ५६ करोड ४५ लाख ८६ हजार गर्न सफल भएको छ । त्यसैगरी गत आ.व. २०७७÷७८ को तुलनामा आ.व. २०७८÷७९ मा कम्पनीको नाफामा ६८ प्रतिशतले वृद्धि भई रु. १५ करोड ८३ लाख ६८ हजार भएको छ । साथै चालु आ.व.२०७९/८० को आश्विन मसान्त सम्ममा कम्पनीको खुद नाफा गत आ.व.२०७८/७९ को सोही अवधिको तुलनामा ९० प्रतिशतले वृद्धि भई रु.२ करोड २६ लाख ९२ हजार भएकोे छ भने चालु आ.व.२०७९/८० को पौष ४ गते सम्ममा कम्पनीले रु. ५१ करोड ५९ लाख २९ हजार बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री