बिहीबार, २० वैशाख २०८१

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा एमडीआरटी अभिकर्ताहरुलाई सम्मान

समयपोष्ट २०७९ पुष २५ गते १०:३८

Advertisement

रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा एमडीआरटी २०२३ को लागि योग्य बिस अभिकर्ताहरुलाई सम्मान गरेको छ ।

शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि कम्पनीले अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा सिनियर मेनेजमेन्ट, एमडीआरटी अभिकर्ताहरु, रिजनल मेनेजर का साथै ब्रान्च मेनेजरहरुको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा कम्पनीका सीइओ राकेश पोखरेलले एमडीआरटी अभिकर्ताहरुले आफ्नो व्यवसायमा प्रदर्शन गरेको अठोट र अथक परिश्रमले निरन्तर प्रतिष्ठित एमडीआरटी ग्लोवल कन्फेरेन्समा सहभागिता जनाउन सफल भएको बताए ।

Advertisement

उनले आगामी दिनमा कम्पनीले थप उत्कृष्ट प्रशिक्षण,आकर्षक स्किम लगायतका कार्यक्रम ल्याई हौसला प्रदान गर्ने र त्यस्ता कार्यक्रमले थप एमडीआरटी अभिकर्ताहरु जन्माउनेमा विश्वास ब्यक्त गरे । उनले इन्स्योरेन्स सबै पक्षमा उत्कृष्ट प्रदर्शन गरी निकट भबिष्यमा इन्स्योरेन्स क्षेत्रको ‘बेञ्च माकर्’ कम्पनि बन्नेमा प्रतिब्धता समेत व्यक्त गरे ।

कार्यक्रममा टी ओ टी एण्ड सी ओ टी तथा एमडीआरटी नमिता न्यौपानेले सम्मान कार्यक्रमको लागि कृतज्ञता गरिन् । कम्पनीको निरन्तर सहयोग तथा मार्गदर्शन प्राप्त भएको र आगामी दिनमा थप हौसला प्राप्त हुनेमा विश्वास ब्यक्त गरिन् । उनले उत्कृष्ट व्यवसायिक नतिजाको लागि कम्पनी र अभिकर्ताको बीच निरन्तर सल्लाह र सुझाव आदान हुनुपर्नेमा जोड दिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री