बिहीबार, २० वैशाख २०८१

नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न

समयपोष्ट २०७९ पुष २३ गते २१:०४

Advertisement

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

राजधानीमा आज आयोजित कार्यक्रममा देशभरबाट ८०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।

अन्तराष्ट्रिय प्रशिक्षकद्धारा प्रशिक्षण दिइएको यस कार्यक्रमको शुभारम्भ पानसमा दिप प्रज्वलन गर्दै नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअल जनाएका थिए । उनले सो कार्यक्रमले अभिकर्ताहरुको सिकाईमा थप टेवा पुग्ने बताए । उक्त कार्यक्रमले अभिकर्ताहरुको व्यक्तित्व विकासमा सहयोग पुर्याउनुका साथै व्यवसाय विस्तारका लागि समेत उपयोगी सीपहरु विकास गर्न सहज हुने उनले बताए ।

Advertisement

नायब महाप्रबन्धक उमापति पोखे्रलले कम्पनीको आगामी रणनीतिको बारेमा प्रकाश पारे । उक्त कार्यक्रमका सहभागीहरुलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बइबाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता राजेश सतोष्कार समेत उपस्थित थिए ।

कार्यक्रममा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम संचालन गर्ने जानकारी दिए ।

हालसम्म यस कम्पनीको लगानी रु. १४९.७६ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १४२ अर्ब ९ करोड रुपैयाँ र शेयरधनी कोष ११ अर्ब ३ करोडभन्दा बढी रहेको छ ।

कम्पनीमा २,१२,३६२ भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु १९७.१८ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेको छ । नेपालको सर्वाधिक विश्वासिलो नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २१ वटा बीमा योजना अन्तर्गत ३१,१५,४२० बीमालेख जारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री