शनिबार, ५ जेठ २०८१

कृषि पेशालाई सम्मानित पेशा बनाउने अभियानलाई निरन्तरता दिदैँ मुक्तिनाथ विकास बैंक

समयपोष्ट २०७९ पुष २१ गते १९:२१


मुक्तिनाथ विकास बैंकले कृषि पेशालाई सम्मानित पेशा बनाउने उदेश्यले सुरुवात गरेको अभियानलाई निरन्तरता दिदैँ आएको छ ।

Advertisement

यसैक्रममा बैंकले नवलपरासीको हुप्सेकोट गा.पा.मा स्थानिय समाजसेवी ओम घर्ति मगरको सहजिकरणमा स्थानिय कृषक टोप बहादुर सेनको अध्यक्षतामा हुप्सेकोट मुक्तिनाथ बहुउद्देश्यीय कृषि सहकारी संस्था लि.को नाममा आम जनभेला मार्फत तदर्थ समिति गठन गरि सहकारी दर्ता प्रकृया अघि बढाउने निर्णय गरेको छ ।

बैंकले मुक्तिनाथ कृषि कम्पनी लि.का अध्यक्ष भरतराज ढकालको अध्यक्षता र हुप्सेकोट गा.पा.का प्रमुख लक्ष्मी देवी पाण्डेको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्बन्धित वडाका अध्यक्ष,स्थानिय बुद्धिजिबि, समाजसेवी, कृषक,उद्यमी लगायत स्थानिय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा बैंकको तर्फबाट समुदाय स्तरिय सहकारी शिक्षा र मुक्तिनाथ कृषि कम्पनीको तर्फबाट कृषि प्रविधि हस्तान्तरण साक्षरता प्रशिक्षण पनि संचालन भएको थियो । प्रशिक्षणलाई मुक्तिनाथ कृषि कम्पनीका कर्मचारी रामशरण तिम्लसीना,अनुज अधिकारी र मुक्तिनाथ विकास बैकका कर्मचारी सन्तोष रोकाले सहजिकरण गर्नुभएको थियो ।

सहकारी दर्ता पश्चात उक्त सहकारीले स्थानिय कृषक तथा उद्यमीलाई मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीसंग जोड्ने पुलको काम गर्नेछ । सहकारीको माध्यमबाट उत्पादक देखि उपभोक्ता सम्मको मुल्य श्रृखला निर्धारण गर्ने काम हुनेछ । सहकारीमा आबद्ध शेयर सदस्यहरुलाई आफ्नो परियोजना संचालनका लागि आवश्य पुँजीको ब्यवस्था मुक्तिनाथ विकास बैंकले सहकारी मार्फत उपलब्ध गराउनेछ भने कृषकहरुलाई आवश्यक कृषि सम्बन्धी तालिम,प्रशिक्षण,विउविजन,विषादी लगायतका उपजहरु र आवश्यक प्रविधिक सामाग्री तथा परामर्शहरु मुक्तिनाथ कृषि कम्पनीले सहकारी मार्फत उपलब्ध गराउनेछ । साथै कृषक तथा उद्यमीहरुले उत्पादन गरेका सम्पुर्ण सामाग्रीहरु सहकारी मार्फत संकलन गरि मुक्तिनाथ कृषि कम्पनीले उपभोक्ता सम्म पु¥याउने कामको जिम्मा लिनेछ ।

Advertisement

नेपालमै पहिलो पटक मुक्तिनाथ विकास बैंक र मुक्तिनाथ कृषि कम्पनीको सहकार्यमा भैरहेको यस अभियानले घर घरमा रोजगारी सिर्जना गर्ने विश्वास मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका अध्यक्ष ढकालले व्यक्त गर्नुभयो । उहाँले यस अभियानले युवालाई रोजगारीका लागि विदेश पलायन हुँनबाट रोक्ने समेत बताउँनुभयो ।

नेपाल जस्तो देशका लागि यस सहकारीको अबधारण अत्यन्तै अपरिहार्य भएको र यसले भविष्यमा नेपालको कृषि क्षेत्रमा आमुल परिर्वतन आउने अपेक्षा लिएको कुरा यसै भेलामा विशेष अतिथिको रुपमा उपस्थित सहकारी अभियान्ता,मुक्तिनाथ कृषि कम्पनी लि.का संचालक तथा मुक्तिनाथ क्यापिटल लि.का अध्यक्ष सिताराम काफ्लेले बताउनु भयो ।

भेलामा उपस्थित सम्पुर्ण स्थानिय जनप्रतिनिधि तथा स्थानिय ब्यक्तिहरुबाट कृषि क्षेत्रलाई प्राथमिकतामा राखि ल्याईएको यस कामको उच्च प्रशंशा गर्दै यसलाई सफल बनाउन आफ्नो तर्फबाट गर्नुपर्ने सम्पुर्ण सहयोग गर्न तयार रहेको प्रतिवद्धता पेश भएको थियो ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमामा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री