बिहीबार, २० वैशाख २०८१

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा म्याग्दीमा बीमा सचेतना कार्यक्रम सम्पन्न

समयपोष्ट २०७९ पुष २१ गते १९:०४

Advertisement

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले म्याग्दी जिल्लामा बीमा सचेतना सम्बन्धी विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको छ ।

कम्पनीद्धारा पुष २१ गते बेनी बजारस्थित जिल्ला समन्वय कार्यालयको सभा हलमा आयोजित कार्यक्रममा सिटिजन लाइफ इन्स्योरेन्सका ब्राण्ड एम्बेसेडर मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य, म्याग्दी जिल्लाका जनप्रतिनिधहरु, विभिन्न विद्यालयका प्रधानाध्यापकहरु, बैंक तथा वित्तिय संस्थाका कर्मचारी, विभिन्न समूह, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका कर्मचारी, अभिकर्ताहरु लगायत स्थानीय जनसमुदायको उपस्थिती रहेको थियो ।

म्याग्दी जिल्लाको बेनी बजारमा करीब ३०० जनाको सहभागितामा बीमा सचेतना सम्बन्धी बृहत ¥याली प्रदर्शन गर्दै कार्यक्रमको सुरुवात भएको थियो । कार्यक्रममा मह जोडीले जीवन बीमा भविष्यको बचत र आपतको सहयोगी भएकाले जीवन बीमाको पहुँच हरेक नागरिकसम्म पु¥याउन जरुरी रहेको जोड दिनुभयो ।

“मानिसको जीवनको आफैमा भर हुँदैन, नेपालमा स्वास्थ्य उपचार अत्यन्त महंगो छ, कम्तिमा आफुले सक्ने क्षमताको वीमा गरेमा त्यसले उपचारमा ढुक्क बनाउँछ, विरामी हुनै नपरे भविश्यमा बचतको रुपमा फिर्ता पाईन्छ”,श्रेष्ठले भन्नुभयो ।

Advertisement

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले मानिसका चिन्ता र चुनौतिहरुलाई व्यवस्थापन गर्ने सोचका साथ वीमाको अवधारणाको विकास भएको बताउँदै वीमाको पहुँचलाई विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले नयाँ कम्पनीको रुपमा स्थापित भएको सिटिजन लाइफले विमितहरुमा नविन, नयाँ र आकर्षक सुविधा सहित आएको बताउनुभयो ।

कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत, जिल्ला समन्वय समितिका उप–प्रमुख दिलकुमारी खत्री, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदी लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री