बिहीबार, २० वैशाख २०८१

सूर्यज्योति लाइफ बन्यो आइ एस ओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनी

समयपोष्ट २०७९ पुष २१ गते १८:५७

Advertisement

सूर्य र ज्योती लाइफ इन्स्योरेन्स कम्पनी आइ एस ओ गुणस्तर चिन्ह प्राप्त जीवन बीमा कम्पनी बन्न सफल भएको छ ।

युनाइटेड रजिष्ट्रार अफ सिष्टम्सले कम्पनीको व्यवस्थापन, कर्मचारी सुशासन र सेवाको गुणस्तरको आधारमा गरिएको निरिक्षण सम्पन्न गरी ISO 9001:2015 को मान्यता प्रदान गरि बिभुषित गरेको हो ।

उक्त मापन कम्पनीको व्यावस्थापन पक्ष, कर्मचारी सुशासन र कम्पनीले सेवाग्राहि माझ पुर्याउँदै आएको सेवा सुविधाको गुणस्तरको आधारमा गरिएको थियो ।

सूर्यज्योति लाइफले ई.सं. २०२३ जनवरी ४ मा आधिकारीक गुणस्तर चिन्ह प्रमाणपत्र प्राप्त गरेको हो । यस गुणस्तर प्रमाण चिन्ह प्राप्त गरे पश्चात आफ्नो कार्यविधि र प्रविधिमा परिमार्जन र थप सुदृढ गर्दै बीमीतहरुलाई सेवा सुविधामा थप सवल र सहज पार्दे जाने कुरामा बिश्वस्त रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले बताउनु भयो ।

Advertisement

साथै सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले हाल देशैभर १८१ शाखाबाट सेवा प्रदान गर्दै आएको र आफ्ना बीमितहरुको आवश्यकता र चाहनालाई मनन गर्दै समयसापेक्ष आफ्ना सेवाहरुलाई अझ परिस्कृत गर्दै लैजाने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री