शनिबार, ५ जेठ २०८१

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट

समयपोष्ट २०७९ पुष २१ गते १०:२५

Advertisement

महालक्ष्मी विकास बैंक लिमिटेडले चावहिल काठमाडौंमा अवस्थित ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ ।

सम्झौतासंगै बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले ओम समाज डेन्टल हस्पिटलको ओपीडी डक्टर कन्सल्टेसन एण्ड चेक अप सेवा नि:शुल्क, जनरल डेण्टल ट्रिटमेण्ट सेवामा १५% र वर्थो थेरापी एण्ड डेण्टल इम्प्लाण्ड ट्रिटमेण्ट सेवामा १०% को आकर्षक छुट प्राप्त गर्न सक्नेछन् । सम्झौता पत्रमा अस्पतालका तर्फबाट अध्यक्ष डा.सुभाष घिमिरेले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख श्री बसन्त बक्सीले हस्ताक्षर गर्नु भएको हो ।

यस किसिमको सहकार्यबाट दन्त उपचारमा ग्राहकहरुको पहुच बढ्नुका साथै डेविट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु सहज र सुलभ दन्त उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Advertisement

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री