आइतबार, २३ वैशाख २०८१

क्लास्सिक टेक ‘द विग अफर’ सबै सित्तैमा

समयपोष्ट २०७८ माघ १७ गते १६:४१

Advertisement

देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लास्सिक टेकले ‘द विग अफर’सबै सित्तैमा लञ्च गरेको छ । यसमा कम्पनीले आफ्नो ग्राहकलाई डिस्काउण्ट,बोनस र नि:शुल्क ड्युल ब्याण्ड राउटर एकमुस्ट उपलब्ध गराउँछ । कम्पनीले ल्याएको उक्त छुट सहितको विग अफर नेपाल मै पहिलो पटक भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार क्लासिक टेकका ग्राहकले तोकिएका प्याकेजमा १५% नगद छुट, ६ महिना बोनस (३ महिना इन्टरनेट र ३ महिना IPTV) र 5 Ghz ड्युल ब्याण्ड राउटर एकमुस्ट पाउने छन्।

यससंगै कम्पनीले आफ्ना ग्राहक हरुलाई राउटर र फाइबर आफैले नचलाउन अनुरोध समेत गरेको छ । कम्पनीको स्मार्ट इन्स्टलेसन टिमले ग्राहकको घरमा गएर सित्तैमा Dual Band 5Ghz राउटर upgrade गरिदिने कम्पनीले जनाएको छ । ड्युल ब्याण्ड राउटरले कम्पनीले दिएको उच्च गतिको स्पीडलाई ग्राहकको इन्टरनेट अनुभव अझै राम्रो बनाउने तथा अनलाइन क्लास,गेमिंग,डाउनलोड,भिडियो कलमा समेत सुधार ल्याउने कम्पनीको दाबी छ ।

राउटर र फाइबर जस्तो उपकरण जटिल भएको हुनाले सोको replacement कम्पनीकै smart installation team लेनै गर्नुपर्ने कम्पनी को मान्यता छ। कम्पनीले आफ्नो ग्राहकको घरमा राखिएको router , fiber लाई आफैले चलाउन नहुने र
सो चलाएको खण्डमा fiber bend हुने connector बाट तार निस्किनेका साथै , optical power loss हुने र जसले गर्दा slow internet , Buffering , disconnection , No Internet को समस्या customer ले भोग्नु पर्ने हुन्छ।

कम्पनीले 5Ghz Dual Band राउटर ग्राहकको घरमा गई smart installation team le जडान गरिदिने छन् जसले गर्दा अप्टिकल पावर maintain हुनेछ र राउटरको प्लेसमेन्ट सहि ठाउँमा हुनेछ र coverage मा सुधार आउनेछ कम्पनीको मुख्य उदेश्य देशका विकसित सहर देखि दुर्गम ग्रामिण भेगहरुमा समेत इन्टरनेट को पहुँच पुराउनका साथै न्युन मुल्यमा उच्च गतिको सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । यो विशेष योजना कम्पनीले आफ्ना ग्राहक हरुको लागि उच्च र छरितो सेवा प्रदान गर्न ल्याइएको हो । भविष्यमा पनि कम्पनीले Customer Service लाई मध्य नजर राखेर थप सुबिधाहरु ल्याउने जनाएको छ ।

Advertisement

नेपालमा सन् २००९ देखि सुभाराम्भ भएको क्लासिक टेकले १२ बर्षमै ७४ वटा जिल्लाका १०३ आउटलेट बाट सेवा सञ्चालनमा ल्याएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री