शनिबार, १५ वैशाख २०८१

विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास इक्लास’ नयाँ रूपमा

समयपोष्ट २०७८ माघ ११ गते ७:०२

Advertisement

बिसौँ वर्षको आफ्नो अनुभव र ज्ञानलाई समेटेर सीडीबाट सुरू भएको आफ्नो यात्रामा मिदास एजुकेसन प्रा.लिले एक पृथक र परिमार्जित रूपको ‘मिदास इक्लास’ मोबाइल अनि वेब एप संचालनमा ल्याएको छ । जसले विद्यार्थीहरूको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको छ ।

नर्सरी देखि ११ कक्षासम्मका विद्यार्थीहरूलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्न ‘मिदास इक्लास’ पाठ्यक्रममा आधारित पाठहरूको एनिमेटेड भिडियो, पावर पोईन्ट प्रिजिन्टेसन, क्वीज तथा गेम र नोट परिमार्जित रूपमा उपलब्ध गराइएको छ ।

विद्यार्थीहरुले मिदास इक्लासमा भएका भिडियोहरु आफूलाई मनलागेको बेला मुभि हेरेजस्तै रमाइरमाइ हेर्दै गाह्रोभन्दा गाह्रा पाठहरु सजिलोसँग बुझ्न सक्छन् ।
यसमा भएका क्वीज तथा गेमहरू विद्यार्थीहरुले भिडियो गेम खेले जसरी खेल्दै आफ्नो पाठ सिक्न सक्छन् । यसरी गेम खेल्दा सहि जवाफ दिए बापत पोईन्ट र उपहारहरू पनि पाउँछन्, जसले विद्यार्थीहरुहरूलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्छ ।

विद्यार्थीहरुले पढ्दा केही जानेनन् भने वा होमेवोर्क गर्दा उत्तर लेख्न आएन भने वा उनीहरूको केही जिज्ञासा भएमा, उनिहरुले जतिबेला पनि मिडस् एक्लस्स्बाट शिक्षकहरूसँग भिडियोमा कुरा वा च्याट गर्दै सिक्न पाउँछन् । विद्यार्थीहरुलाई सिकाउन देशभरका सयौँ दक्ष शिक्षकहरू हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म भिडियोमो उपलब्ध हुनुहुन्छ । यसरी शिक्षकहरू हरेक पल साथमा हुँदा विद्यार्थीहरूलाई पढेको नबुझिएला, होमेवोर्क गर्न नजानिएला वा परीक्षाको तयारी कसरी गर्ने होला भन्ने डर हुँदैन ।

विद्यार्थीहरुलाई परीक्षा निर्धक्क भएर दिन सक्ने बनाउन ‘मिदास इक्लास’ मा स्वमूल्याङ्कन ९क्भाि(ब्ककभककmभलत०, मक इक्ज्याम ९ःयअप भ्हबm० र परिक्षा तयारी कक्षाहरूको ब्यवस्था गरिएको छ ।
विद्यार्थीहरुको प्रतिभा उजागर गर्न र उनीहरूलाई अतिरिक्त पाठ््यक्रम गतिविधिहरू ( भ्हतचब ऋगचचष्अगबिच ब्अतष्खष्तष्भक) गराउन ‘मिदास इक्लास’ मा आर्ट, भोकल, भोइलिन्, हारमुनियम, डान्स, ह्याण्डराइटिङ्ग, चेस क्लास आदि पनि संचालन् गरिन्छ ।

विद्यार्थीहरुमा आत्मविश्वास बढाउन र उनीहरूलाई प्रतिस्पर्धी बनाउन बिभिन्न बिद्याहरू जस्तै साइन्स, म्याथ्स, भाषा, आर्ट, ह्याण्डराइटिङ्ग, लिक्टेचर आदिमा नियमित रूपमा प्रतियोगिता गराइन्छ÷पुरस्कृत गरिन्छ ।

अहिले कोभिडको कारणले घरमा बसेका विद्यार्थीहरुलाई ‘मिदास इक्लास’ ले पाठ्यक्रममा आधारित् विषयहरू पढ्न र अतिरिक्त कृयाकलापहरू गर्न झनै सजिलो बनाएको छ ।
मिदास एजुकेसन् प्रा.लिले ‘मिदास इक्लास’ का सेवाहरू विद्यार्थीले आफुलाई रजिस्टर गरेको पहिलो १५ दिनको लागि निशुल्क उपलब्ध गराएको छ ।

यो सेवा कसरी लिने ?

१) Google Play Store मा गएर MiDas eCLASS खोजेर डाउनलोड गर्ने वा यो Link मा गएर डाउनलोड गर्ने  https://play.google.com/store/apps/details?id=com.midas.eclassnew
२) आफुले चहाएको कक्षा छानेर  MiDas eCLASS  मा Signup गर्ने । Signup गर्ने तरिका थाहा पाउन योLink मा जाने  https://youtu.be/qab6McMMTwg
३) iDas eCLASS  मा गएर आफुले चहाएको विषय आफै वा शिक्षकसंग पढ्न पाउनुहुन्छ ।
४) iDas eCLASS प्रयोग गर्न मद्दत आवश्यक भएमा सो एपमा भएको Support Icon मा थिचेर Zoom, WhatsApp, Viber, Phone वा Chat मार्फत् हामीलाई बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म सम्पर्क गर्न सक्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री