शनिबार, ५ जेठ २०८१

सनराइज बैंकको खुद नाफा ७४ करोड ५५ लाख

समयपोष्ट २०७८ माघ १० गते १०:४३

Advertisement

सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ७४ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९४ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ९ करोड रुपैयाँ रिभर्स भएको इम्पेरमेन्ट चार्ज, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३९ करोड ४९ लाख रुपैयाँ रहेको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा र खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ९.१७ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा भने २१.५९ प्रतिशत घटेको छ। पुस मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १० करोड ११ लाख रुपैयाँ रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २० रुपैयाँ १ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १४ रुपैयाँ ७४ पैसामा झरेको छ।

Advertisement

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकको चुक्ता पूँजी ६.६५ प्रतिशत बढेको छ भने जगेडा कोष ०.७८ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप २१.४३ प्रतिशत र कर्जा १९.८० प्रतिशत बढेको छ।

पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २०.३६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ७९ पैसा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री